कोरोनाले बिहीबार थप ३ जनाको मृत्यु

Corona death

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा बिहीबार थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

बिहीबार पर्सामा दुई र काठमाडौंमा एक जनाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा मात्र ९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका –१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

दम, होइपोथाइरोडिजम र उच्च रत्तचापका विरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । १७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

यता, समुदाय स्तरमा संक्रमण फैलिएको मानिएको पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज –११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा। मदन उपाध्यायले बताए ।

बिहीबार बिहान वीरगञ्ज स्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो ।

उनको बिहान ८ बजे मृत्यु भएको थियो । मधुमेह र मुटुरोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बुधबार राति १० बजेपछि स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान साढे ८ बजे उनको मृत्यु भएको र साँझ कोभिड संक्रमण पुष्टि भएको कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...