पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना पुष्टि, नेपालमा पुग्यो २१७५० जनामा संक्रमण

Corona news 10

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा उच्च तहका कर्मचारीसहित ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन ।

सशस्त्र प्रहरी बलको नं. १ गण इलाममा कार्यरत थप १६ जना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएका अधिकारीहरु छन् । योसँगै इलाममा सशस्त्र प्रहरीका ४७ जना अधिकारी संक्रमित भइसकेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...