जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

8

 

काठमाडौं । ओखलढुङगाको चिशंखुगढी गाउँपालिका–१ ठुलीबेसीका १९ वर्षीय लोकराज अधिकारीलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ती बालिकालाई “चकलेट दिन्छु” भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोग अधिकारीमाथि लागेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । यस्तै,कैलालीको टीकापुर नगरपालिका–६ बस्ने २८ वर्षीय सुमनकुमार चौधरीलाई ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार साउन ५ गते ती महिलालाई जबरजस्ती करणी गरी चौधरी फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा भजनी नगरपालिका–४ खैलाडबाट फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाविरुद्ध प्रहरीले जबरजस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...