काठमाडौँका उपत्यकामा थप ६२ जनामा कोरोना सक्रमण पुष्टि

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँका ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १४ र ललितपुरका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ११ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ र ललितपुरका २ जना र बीआइडीएच ल्याब काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...