थप ३८१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २१ हजार ३९० पुग्यो

Corona psycho

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार  संक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार १५६ पुगेको छ। अहिले क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट, महोत्तरी र कैलाली हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६० पुगेको छ।   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...