सेनाको ब्यारेकमा कोरोना फैलियो

Nepal army  20191231005237

बर्दिबास । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्यारेकभित्र कोरोना संक्रमण फैलिएको छ। रणभिम गण पर्कौली ब्यारेकका १५ जना सेनामा कोरोना संक्रमण भेटिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए। सोमबार एक जना र मंगरबार १४ जना गरि १५ जना सेनामा कोरोना देखिएको छ।

क्याप्टेनसहित १५ जना कोरोनाबाट संक्रमित भएका छन्। यसअघि ८ जना सेनामा संक्रमित भएका थिए। प्रदेश २ का मध्यपूर्वी पृतनाका पति पनि कोरोनाबाट संक्रमित भएका थिए। महोत्तरीमा हालसम्म ९ सय १६ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा कोविड फोकलपर्सन गिरेन्द्र कुमार झाले जनाए। संक्रमित मध्ये एक जनाको मृत्यु भएका छन्।

जलेश्वर नगरपालिका २३ जना कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ। झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक जना ओभरसियरमा कोरोना पुष्टि भएको थियो। विराटनगरमा ती कर्मचारीले कोराना जाँच गराएपछि संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए।

उनको कन्ट्रयाक टेसिङ्ग आएका सहितका ५३ जनाको कोरोना परिक्षण गर्दा ३० जनामा संक्रमण भेटिएको थियो। कोरोनाको संक्रमण दर बढ्न थालेपछि जलेश्वर र महोत्तरी गाउँपालिकाको ३ र ५ नम्बर वडामा निषेधाज्ञा गरिएको छ।

महोत्तरीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलियो कि भन्ने शंका गरिएको छ। गाउँस्तरमा कोरोना जाँचका लागि स्वास्थ्य कार्यालय जुटेको छ। महोत्तरीका १५ वटै स्थानीय तहका प्रत्येक वडाबाट ५०५० जनाको कोरोना जाँच गर्न लागिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमपूर्ण यात्रा गरेर आएका, परिवारमा कोही संक्रमण नभएको, उनका छिमेकीमा हालसम्म कोरोना पुष्टि नभएको परिवारबाट स्वाब संकलन गरेर कोरोना जाँच गरिने नयाँ रणनीति तयार गरेका छ।

प्रदेश २ का तीब्र गतिमा फैलिरहेको कोरोना संक्रमणको अध्ययन तथा स्थलगत जानकारी लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रणम सिंहको टोली महोत्तरी आइपुगेका छन्। टोलीले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन तथा सीमा नाका अपनाएको सतकर्ता बारेमा स्थलगत अवलोकन गरिरहेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...