कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतक संख्या ५८ पुग्यो

Death corona

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। स्वास्थ्य तजा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार सोमबार विराटनगरका एक ७७ वर्षीय वृद्धको निधन भएसँगै मृतकको संख्या ५८ पुगेको हो।

मोरङको विरानगर(५ का ७७ वर्षीय वृद्धको सोमबार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र मधुमेहका रोगी थिए।  पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार  संक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ रहेको छ।  सोमबार ४१८ जनामा कोरोना पुष्टि भएको थियो।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...