काठमाडौँ उपत्यकामा बढ्यो संक्रमण,एकैदिन थपिए ६२ संक्रमित

1590588492 frwvd

काठमाडौँ । पछिल्लो केही सयमदेखि काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज मंगलबार मात्रै काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

भक्तपुरका १३, काठमाडौँका ४८ जना, ललितपुरका १ गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

यस्तै मन्त्रालयका अनुसार मंगलबार थप २५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । नयाँसहित कूल संक्रमितको संख्या २१ हजार ०९ पुगेको छ । कोरोनाबाट हालसम्म मृत्यु हुनेको  संख्या ५८ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...