स्वाब संकलनको लागि काठमाडौँ उपत्यकामा तोकियो १४ अस्पताल

Ministry of health and population

काठमाडौँ । कोरोना परिक्षणको लागि सरकारले काठमाडौँ उपत्यकामा १४ अस्पताललाई स्वाव संकलन केन्द्रको रुपमा तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै उपत्यकाको १४ वटा अस्पताललाई स्वाब संकलनको लागि तोकिएको जानकारी दिएको  हो । स्वास्थ्य मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिले नजिकको स्वाब संकलन केन्द्रमा गइ परिक्षण गराउन आग्रह गरेको छ ।

मन्त्रालयले पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल, केएमसी, त्रिवि शिक्षण, वीर, टेकु, सशस्त्र प्रहरी अस्पताल रहेका छन्। यस्तै, विरेन्द्र अस्पताल, प्रशुती, स्टार, ह्याम्स, नेपाल प्रहरी र नेपाल कोरिया मैत्री अस्पतालले स्वाव संकलन गरिरहेका छन्।

मन्त्रालयले यी लगायत सम्पूर्ण हव अस्पतालहरु, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२,३ अस्पतालहरु तोकिएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...