कोरोनाले विराटनगरमा ७७ वर्षीय वृद्धको मृत्यु, नेपालमा मृतकको संख्या ५८ पुग्यो

Corona death 10

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

यससँगै मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । बुधबार सोनवर्षी नगरपालिका ८ का १ जनाको मृत्यु भएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनलाई कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका – ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो ।

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको थियो । वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको थियो ।

त्यसको करिब एक घण्टापछि आएको रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

वृद्धलाई अस्पताल ल्याउने आफन्तलाई कोरोना जाँचका लागि आइसोलेशनमा राखिएको छ । मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर उनको ट्राभल हिस्ट्री नदेखिएको मेडिकल सुपरीटेण्डेन्ट डा. दासले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...