२४ घण्टामा थपिए काठमाडौँ उपत्यकामा ३१ संक्रमित

Corina virus

काठमाडौँ । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका एकज नामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

पछिल्लो २४ घन्टामा थप एकजनाको मृत्यु भएको छ । संक्रमितमध्ये १४ हजार ६ सय ३ जना उपचारपछि घर फर्किएका छन् भने ५७ जनाको ज्यान गएको छ ।

गौतमले विभिन्न जिल्लामा थपिएका २ सय ४६ जनासहित देशभर संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...