कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जना थपिए

Corona psycho

काठमाडौँ । आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३१५ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ९९३ परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...