ट्राफिक प्रहरी महाशाखाका दुई ट्राफिक प्रहरीमा पनि कोरोना पुष्टि

Traffic police

काठमाडौँ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार उनीहरुमा कोरोना पुष्टि भएको महाशाखाका प्रवक्ता वामदेव गौतमले जानकारी दिएका छन् ।
संक्रमित ट्राफिक प्रहरीको बारेमा अरु कुनै जानकारी भने दिइएको छैन । प्रवक्ता गौतमले भने, ‘महाशाखामा कार्यरत दुई जनामा सङ्क्रमण देखिएको छ, नेपाल सरकारले तोकेकै अस्पतालमा उपचार भइरहेको छ ।’

यसअघि शुक्रबार नै प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ जना प्रहरीमा कोरोना देखिएको थियो । अहिलेसम्म नक्सालका ७२ जना प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...