काठमाडौँ उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा, एकैदिन थपिए ३८ संक्रमित

Ktm2020 05 13 12 01 37

काठमाडौँ । काठमाडौँ  उपत्यकाका तीन जिल्लामा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौँका ३२ जना छन् । त्यसैगरी ललितपुरका पाँच र भक्तपुरका एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका आठ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका तीन र ललितपुर दुई जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी पाटन अस्पतालमा काठमाडौँका दुई र ललितपुरका दुई जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा काठमाडौँका एक जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १८ र ललितपुर एक जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस