कोरोना संक्रमणबाट एकैदिन चार जनाको मृत्यु, २२४ संक्रमित थपिए

४५५५६५६७४५

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप ४ जनाको निधन भएको छ । यससँगै अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

साथै शुक्रबार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन्। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ७७१ पुगेको छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १५१ जना निको भएसँगै अहिलेसम्म १४ हजार ३९९ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,३१६ व्यक्ति देशभरि छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...