उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण

High court janakpur

काठमाडौं । उच्च अदालत जनकपुरका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको । ५० वर्षीय न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको अदालतले जनाएको छ । अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि अदालतका काम कारबाही साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालत जनकपुरले गरेको छ । उच्च अदालतले जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएसनसँगको परामर्शपछि यस्तो निर्णय गरिएको जनाएको छ । यसअघि उच्च अदालत जनकपुरको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...