प्रहरी मुख्यालयमा थप ९ जनामा कोरोना संक्रमण, मुख्यालयमै ४४ जनामा संक्रमण पुष्टि

Police headquarter

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

यसअघि आइतबार, सोमबार र मंगलबार गरिएको परीक्षणमा ३१ र बुधबार ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा थप ९ जना प्रहरीका कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए ।

संक्रमित सबैलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...