काठमाडौँ उपत्यकामा १५ सहित थप २ सय १० जनामा कोरोना पुष्टि

४५५५६५६७४५


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार २ सय ७३ पुगेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको कुलसंख्या १४ हजार २१ पुगेको छ।

प्रवक्ता डा.गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण भएको बताए। यस्तै हालसम्म देशभर १४ हजार ४ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार काठमाडौँका १४ र भक्तपुरका एकजनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।

प्रवक्ता डा.गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ तथा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ७ जना र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका एक जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएका छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...