फेरि ह्वात्तै बढ्यो कोरोना संक्रमण, काठमाडौंमा ५३ सहित देशभर ३११ जनामा थप संक्रमण

Corona test19

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ५३ जनासहित देशभर ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै देशभर संक्रमितको संख्या १९ हजार ६३ हजार पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ११ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ६३ हजार पुगेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ठाउँका ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्न थालेका छन् ।

प्रवक्ता डा. गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ११ र भक्तपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौंका ९ जना र ललितपुरका एकजना, पाटन अस्पतालको प्रयोगशालामा ललितपुरका १ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा काठमाडौंका २१ जना र स्टाल अस्पताल ललितपुरको प्रयोगशालामा काठमाडौंका ६ तथा ललितपुरका २ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि घर फर्किएका छन् भने ४९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...