प्रहरी मुख्यालयमा कार्यरत २३ जनामा कोरोना संक्रमण

Police headquarter

काठमाडौं । नेपाल प्रहरी मुख्यालयमा कार्यरत थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधानकार्यालयमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको छ । संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी छन् ।

आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...