आइसोलेसनमा मृत्यु भएकी जंगलीदेवी सदाको कोरोना रिपोर्ट नेगेटिभ

Koshi hospital covid nishan

विराटनगर । विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी सुनसरीकी महिलाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

शुक्रबार दिउँसो २ बजेतिर मृत्यु भएकी सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीया जंगलीदेवी सदाको मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना संक्रमण भएको हुन सक्ने आशंकामा उपचारका लागि बिहीबार आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गरेर पठाएको थियो ।

तर रिपोर्ट प्राप्त नभइकन उनको मृत्यु भयो । साँझ ७ः१५ बजेतिर रिपोर्ट नेगेटिभ आएपछि शव आफन्त र परिवारका सदस्यलाई जिम्मा लगाएर पठाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासका अनुसार अब आइसोलेसनमा उदयपुरको त्रियुगाका ६० वर्षीय एक पुरुष र मोरङ जहदाकी ६५ वर्षीया एक महिला गरेर दुई जना उपचाररत छन् । उनीहरुको भने स्वाब संकलन गरेर परीक्षणकालागि लगिए पनि रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ ।

कोसी अस्पतालले शंकास्पद बिरामीलाई आकस्मिक रुपमा राखेर परीक्षण गर्नका लागि १० बेडको आइसोलेसन वार्ड सञ्चालन गरेको छ । त्यहाँ राखेर कोरोना भएनभएको पुष्टि गर्न स्वाब संकलन गर्दै परीक्षणका लागि पठाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...