थप १३३ जनामा कोरोना पुष्टि, कूल संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो

Coronaa

काठमाडौँ । पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कोरोना ब्रिफिङ कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ९४७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार पछिल्लो २४ घण्टामा  जनाको पीसीआर नमुना परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...