थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्याे

१२३२३२४७८७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आज गरिएको ३ हजार ४ सय ८१ वटा नमुना परिक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ४३ जनाकाे मृत्यु भएकाे छ ।

देशभर क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् ।

संक्रमितमध्ये १२ हजार ८ सय ४० जना उपचारपछि घर फर्किएका छन् भने ४२ जनाको ज्यान गएको छ । अहिले देशभरमा एक्टिभ केस ५ हजार ३ सय ५८ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...