नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो, २४ घण्टामा थपिए १ सय संक्रमित

Corona test

काठमाडौँ ।  आज (बुधबार) थप एक सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ०९४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।  यो सहित कोरोना जित्नेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको छ।मंगलबार ६०९ जनाले कोरोना  जितेर डिस्चार्ज भएका थिए ।

३ हजार ७ सय ७९ जनाको पीसीआर नमुना परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ८ सय ४२ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३ सय ६८ जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिला हुन् । दुवैजनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...