मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली भारत प्रस्थान

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएसँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन् । प्रधानमन्त्रीलाई बिदाई गर्न रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उपस्थित थिए । मोदीले बिहिबार आफ्नो दोस्रो कार्यकालको सपथ लिने कार्यक्रम छ ।


प्रतिकृया दिनुहोस