बिना मगरका पूर्वपति शंकरले भेटे प्रचण्डलाई

काठमाडौं । खानेपानीमन्त्री बिना मगरका पूर्व पति शंकर अधिकारीले मगरका ससुरा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रौतहट जिल्ला इन्चार्जबाट कारबाहीमा परेका अधिकारीले नेकपा प्रवेश गर्ने उद्धेश्यसहित दाहाललाई भेटेको स्रोतको बताएको छ ।

अधिकारी र नारायणी ब्युरो सदस्य देव घिमिरे ‘रमण’ लाई विप्लव माओवादीले १४ जेठमा मात्रै साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । नेकपाको नारायणी ब्युरो इन्चार्ज मिलनले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नीतिविपरीत कार्य गरेकाले उनीहरुमाथि कारवाही गरिएको उल्लेख गरेका छन् ।

‘पार्टी पद्धतिअनुसार विगतमा रुपान्तरणको लागि आवश्यक कदम चालेको तर रुपान्तरणक हुनुको साटो नीतिविपरीत पार्टीलाई गम्भीर आँच आउने कार्य गरेको पाइएकोले कारवाही गरिएको हो,’ विज्ञप्तीमा उल्लेख छ ।

अधिकारीसहित तीन जनाले गत आइतबार ललितपुर जिल्ला प्रशासन कार्यालयमा हिंसाको बाटो परित्याग गरेको भन्दै आत्मसर्मपण गरेका थिए । उनीहरु विप्लव माओवादीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सँगै पक्राउ परेका थिए ।


प्रतिकृया दिनुहोस