करेन्ट लागेर एकको मृत्यु

सर्लाही । सर्लाहीको घुर्कौलीमा बिहिवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–७, घुर्कौलीका ३४ वर्षीय तुलसन स्याङतानको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

मोटरबाट खेतमा पानी पठाउने क्रममा करेन्ट लागेर अचेत भएका स्याङतानलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । खडेरीले बाली सुकेपछि स्याङतानले मोटर चलाएर खेतमा पानी पठाइरहेका बेला घटना भएको स्थानीयवासीले बताएका छन् ।


 

प्रतिकृया दिनुहोस