साँगुरीगढीमा कांग्रेसको जागरण अभियान सम्पन्न

धनकुटा । नेपाली कांग्रेस धनकुटाले संचालन गरेको प्रथम चरणको जागरण अभियान साँगुरीगढीमा सम्पन्न भएको छ ।

साँगुरीगढी गाउँपालिकाको भेडेटारमा बुधबार आयोजना गरेको समापन कार्यक्रममा जागरण अभियानका केन्द्रिय प्रतिनिधि तथा पूर्व राज्यमन्त्री दिपक खड्काले जागरण अभियानले सवै कांग्रेसमा उर्जा र उत्साह पैदा गर्दै कांग्रेस कार्यकर्तामा नयाँ जोस र जाँगर पलाएको बताए । 

नेपाली कांग्रेस साँगुरीगढीका संयोजक नेपालधन राईको अध्यक्षतामा सम्पन्न भएको जागरण अभियान कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेल, सचिव विजय सन्तोषी राई, क्षेत्रीय अध्यक्ष जितेन्द्र राई, महिला नेता टिका भण्डारी, तरुण दल धनकुटाका जिल्ला उपाध्यक्ष धिरज साङ्बो, नेपाल शिक्षक संघ साँगुरीगढीका अध्यक्ष कुलप्रसाद दाहाल लगायतले शुभ कामना व्यक्त गर्दै जागरण अभियान मार्फत कांग्रेस नयाँ ढंगबाट संगठन विस्तारमा लागेको बताए । 

नेपाली कांग्रेसका यूवा नेता तथा साँगुरीगढी गाउँपालिकाका जागरण अभियानका समन्वय तथा अनुगमन समितिका कमोटकुमार फागोले सागुरीगढीको १० वटै वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेपाली कांग्रेस आहालेका सभापति भूपाल राईले कार्यक्रमको संचालन गरेका थिए । स्वागत मन्तव्य सागुरीगढी वडा नं. ६ का वडाध्यक्ष दिपक मगरले गरे । 

सो अभियानका क्रममा विभिन्न पार्टी परित्यागरी नेपाली कांग्रेसमा प्रवेश गर्ने २३ जना नेता तथा कार्यकर्ताहरुलाई केन्द्रिय प्रतिनिधि तथा पूर्व राज्यमन्त्री दिपक खड्काले पार्टी सदस्यता प्रदान गरी स्वागत गरे । 

प्रतिकृया दिनुहोस