३ दिनसम्म साँझपख मेघगर्जनसहित पानी पर्ने, सचेत रहन आग्रह

काठमाडौं । केही दिनयता गर्मी बढेको थियो । जसले तराई तथा काठमाडौंको जनजीवन नै प्रभावित भइरहेको थियो । तर, बुधबार वर्षा भएपछि राहतको महसुस हुन थालेको छ । यो क्रम अझ केही दिन जारी रहने अनुमान छ । 

बिहीबार बिहानदेखि नै उपत्यकासहित देशको पहाडी क्षेत्रको मौसम बदली भैरहेको छ । स्थानीय वायुको प्रभावका कारण बिहान मौसम बदली भई पहाडी भूभागका केही स्थानमा पानी परेको मौसमविद्हरुले बताएका छन् । 

बिहीबार बिहान पहाडी भेगका धेरैजसो ठाउँमा बद्ली हुने र दिउँसो खुल्ने सम्भावना छ । स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए । देशका पूर्वी भु(भागमा  आंशिक देखि सामान्य बदली हुने,  मध्य भुभाग लगायत पश्चिमी पहाडी भूभागमा  आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भुभागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । 

राति देशका पूर्वी भुभाग लगायत  मध्य र पश्चिमी पहाडी भूभागमा  सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु(भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । 

शुक्रबार दिउँसो देशका पूर्वी तथा मध्य भागहरुमा आंशिकदेखि सामान्य बदली हुने, पश्चिमि पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भुभागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । 

राति देशका पूर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमाहरुमा आंशिकदेखि सामान्य बदली हसने, मध्य तराईका भुभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।  

शनिबार दिउँसो देशका पूर्वी तथा मध्य भूभागहरुमा सामान्य बदली रही बाँकि भूभागहरुमा  आंशिक बदली रहने रहनेछ । पूर्वी तथा मध्य भुभागका केहि र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । राति देशका पूर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमाहरुमा आंशिकदेखि सामान्य बदली, बाँकी भूभागमा आंशिक वदली रहने छ । 

देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भेगका  केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जारी गरेको ३ दिनको बुलेटिनमा उल्लेख गरिएको छ । 


प्रतिकृया दिनुहोस