आधारभुत पत्रकारितासम्बन्धी एक हप्ते तालिम सम्पन्न

प्यूठान । प्यूठानको खंलगामा एक हप्ते आधारभूत पत्रकारिता तालिम समापन भएको छ । विकास मिडिया सर्भिस नेपाल द्धारा सञ्चालित सामुदायिक रेडियो प्यूठान एफएमले आयोजना गरेको आधारभुत तालिम बुधबार सम्पन्न भएको हो  । 

सो तालिमको समापन कार्यक्रममा मल्लरान गाउँपालिकाका अध्यक्ष अमरध्वज राना मगरले समाजको बास्तविकतालाई उठान गरी सूसुचित वातारण निमार्ण गर्न पत्रकार तथा सञ्चार जगतको भुमिका महत्वपुर्ण हुने बताए । 

अध्यक्ष रानाले समाज परिवर्तनमा सञ्चार माध्यामले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गरे । उनले समाजमा हुने बिकृति बिसङगतिलाई सुधार गरी सभ्य समाज निमार्ण गर्न आम सञ्चार माध्यमको ठूलो योगदान गरेको पनि बताए । 

कार्यक्रममा विकास मिडिया सर्भिस नेपालका अध्यक्ष राम पहाडीले पत्रकारको आचारसंहिता अनुसार चली समाजको यथार्थतालाई उजार गर्न पत्रकार सधैँ लाग्नुपर्नेमा जोड दिए । 

७ दिनसम्म सञ्चालन भएको तालिममा रेडियो कृपालु एफएमका स्टेशन म्यानेजर बिजयसिंह भारती, नेपाल पत्रकार महासघं प्यूठानका अध्यक्ष महाबिर राना मगर, रेडियो प्यूठान एफएमका स्टेशन म्यानेजर तथा टिभि टुडेका जिल्ला संबाददाता लोकेन्द्र सुनार, गोरखापत्र दैनिकका जिल्ला संवाददाता सुजल श्रेष्ठ, कारोबार दैनिकका जिल्ला संबाददाता प्रज्वल पहाडी, नेपाल बार यसोशियसन प्यूठानका अध्यक्ष बिदुर मल्ल, रेडियो कृपालुका प्राबिधिक प्रमुख कमल बिक, पत्रकार जुमान सिंह केसीले पत्रकारिता तथा प्राबिधिक सम्बन्धी प्रशिक्षण दिएका थिए ।  

जेठ ९ गतेबाट सुरु भएको तालिममा प्यूठानका नगरपालिका र गाउँपालिकाका गरी ३९ जनाको सहभागीता रहेको तालिम संयोजक तथा रेडियो प्यूठानका स्टेशन म्यानेजर लोकेन्द्र सुनारले बताए । 

प्रतिकृया दिनुहोस