गणतन्त्र दिवसको विरोधमा समाजवादी कांग्रेसले बाड्यो पर्चा

काठमाडौं । सरकार र राजनीतिक दलहरुले गणतन्त्र दिवस मनाइरहँदा नेपाल समाजवादी कांग्रेसले भने विरोध गरेको छ । 

सो पार्टीले संघीयता र धर्म निरपैषताको विरोध गर्दै काठमाडौंका विभिन्न स्थानमा पर्चा छरेको छ । उसले गणतन्त्र आए पनि धर्म निरपेक्ष र संघीयता ठीक नभउको भन्दै काठमाडौंका विभिन्न १८ स्थानमा पर्चा छरेको हो । 

सो पार्टीका सचिव मानबहादुर गुरुङका अनुसार काठमाडौंका नयाँ वानेश्वर, गौशाला चोक, चावहिल, रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ वसपार्क, कालीमाटी लगायतका स्थानमा पर्चा छरिएको हो । 

सो पर्चामा भारतीय दलालहरु होसियार, संघीय गणतन्त्र मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ जस्ता नारा लेखिउको छ । 


प्रतिकृया दिनुहोस