जनमुक्ति पार्टीले मनायो सातै प्रदेशमा गणतन्त्र दिवस

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले  गणतन्त्र दिवसमा सातै प्रदेश र काठमाडौंमा हस्ताक्षर एवं जनसभा सम्पन्न गरेको छ ।

काठमाडौंमा पार्टी उप–महासचिव तथा सञ्चार विभाग प्रमुख मेखराज परियारको नेतृत्वमा हस्ताक्षर तथा जनसभा सम्पन्न गरियो । सचिव तथा बौद्धिक विभाग प्रमुख बलदिप राई, सचिव केबी पुन, संघीय परिषद् सदस्यहरु श्याम परियार, राज्य राई, गजेन्द्र पासमान लगायतले भ्रष्टाचार राष्ट्रको मूल समस्या रहेको र यसलाई सशक्त कानुनी व्यवस्था र कार्यन्वयन गर्नतर्फ नलागे राष्ट्र असफल हुने धारण व्यक्त गरे । 

प्रदेश नं. १ को धरान लगायतका स्थानमा पनि जनसभा आयोजना गरिएको छ । ती जनासभामा बोल्ने अधिकांस बक्ताहरुले भ्रष्टाचार देश द्रोह भएकाले  भ्रष्टाचारीलाई सर्वस्वसहित जन्मकैदको कानुनी व्यवस्था मिलाउन र राष्ट्रबाट भ्रष्टाचार उन्मुलन गर्न सबै सचेत जनता लाग्नुपर्ने बताए । 

प्रदेश नं. ५ को वुटवलमा पार्टी महासचिव केशव सूर्यवंशीको नेतृत्वमा हस्ताक्षर तथा जनसभा आयोजना गरियो । भ्रष्टाचारविरुद्ध जनसागर उर्लिएको र सो सभामा उपमहासचिव तथा संगठन विभाग प्रमुख राम परियार, अर्का उपमहासचिव राप अस्लामी मगर, युवा महासंघका अध्यक्ष, विद्यार्थी नेताहरु लगायतको उपस्थिति थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित हस्ताक्षर तथा जनसभामा प्रदेश इञ्चार्ज हस्तबहादुर मगर, प्रदेश अध्यक्ष मन्धरी आले लगायतको उपस्थिति थियो ।


प्रतिकृया दिनुहोस