धादिङमा पर्यटक बस दुर्घटना हुँदा १५ जना घाइते

काठमाडौँ । धादिङमा पर्यटक बस दुर्घटना भएको छ ।  पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे खयरघारीमा बुधबार दिउँसो पर्यटक बोकेको बस दुर्घटनामा परेको हो । भैरहवाबाट काठमाडौं आउँदै गरेको बा १ प १३६३ नम्बरको पर्यटक बस र काठमाडौंबाट केरुङ जाँदै गरेको ना ५ ख ८०६८ नम्बरको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको एसपी राजकुमार वैदावारले बताए ।

बसमा १५ जना यात्रु थिए । चालक हरि न्यौपानेको मृत्यु भएको छ भने यात्रु घाइते छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस