बन्द उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याइने

काठमाडौं । साहसिक पर्यटनको विकास गरिने छ । रारा क्षेत्रलाई प्रमुख गन्तव्यको रुपमा विकास गरिने छ । नेपाल भ्रमण वर्ष सम्पन्न् गरिने छ भने धामिृक पर्यटनको पनि विकास गरिने छ । 

केवलकार निर्माणका लागि पनि सरकाले बजेट विनियोजन गरेको छ । बन्द उद्योगहरुलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । स्वदेशी वस्तुको उपभोगलाई उत्तिकै प्राथमिता दिइने छ । स्वदेशी उत्पादनलाई पहिलो प्राथमिता दिएको छ । 

स्वदेशी कपडा उत्पादनलाई जोड दिएको छ । सबै प्रदेशमा औद्योगिक क्षेत्रको विकास गरिने छ । उदयपुर र हेटौडा सिमेन्ट कारखानालाई पनि व्यववस्थित गर्दै जाने भएको छ । औद्योगिक क्षेत्रको विकासका लागि २ अर्व ८७ करोड विनियोजन गरेको छ ।

स्थानीय कच्चा पदार्थको प्रयोगलाई प्राथमिता दिइने भएको छ । च्यालेन्ज फन्टको स्थापना गरिने भएको छ । सुर्खेतमा बहुमुल्य कारखानाको स्थापना गरिनेभ भएको छ । गलैचालाई अन्तराष्ट्रिय रुपमा विकास गर्दै लैजाने छ । दलितले सञ्चालन गरेका उद्योगहरुको संरक्षण गरिने र पराम्परागत सीपको विकास गरिने छ ।  

प्रतिकृया दिनुहोस