कारको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

Death

उर्लाबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट २२ वर्षीय हेम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । 

मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगर उपचार भइरहेको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

 

प्रतिकृया दिनुहोस