चितवन राष्ट्रिय निकुञ्जबाटै सुरु भएको बिनासकारी ‘टोर्नाडो’

Tornedo 25

काठमाडौं । गतसाता तराई क्षेत्र बारा र पर्सामा बितण्डा मच्चाउने गरेर आएको हावाहुरी चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको खुलेको छ । 

आएको हुरी चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको जल तथा मौसम विज्ञान विभागले पुष्टि गरेको छ ।  ‘टोर्नाडो’ नाम दिइएको सो हुरीले २८ जनाको ज्यान लिएको थियो भने  ठूलो धनको क्षति गराएको थियो ।

जल तथा मौसम विज्ञान विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत चैत्र १७ गते चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको बताएको हो । विनाशकारी हावाहुरी ‘टोर्नाडो’ भन्ने अनुमान पुष्टि गर्न चैत्र २० गतेदेखि २४ गतेसम्म वैज्ञानिकहरुको एक टोली स्थलगत अध्ययनका लागि पठाएको थियो ।

सो स्थलगत अध्ययनको क्रममा लिइएको भिडियो, पाइएको सूचना तथा त्यसलाई अध्ययन गर्न प्रयोग गरिएको प्रविधिले सो विनाशकारी हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको विभागका महानिर्देशक सरदकुमार वैद्यले जानकारी दिए । गत चैत्र १७ गते बारा-पर्सामा ठुलो हुरी आएको थियो । 

प्रतिकृया दिनुहोस