राजपाले सरकारविरुद्ध प्रदर्शन गर्ने

Rajapa glage

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने घोषणा गरेको छ । रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपाले सडक आन्दोन घोषणा गरेको हो ।

राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, रेशम चौधरीलाई रिहा गर्नुपर्ने, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने माग अघि सारेको छ ।

जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्ने लगायतका माग अघि सारेको छ ।

प्रतिकृया दिनुहोस