हेलिकप्टर दुर्घटना : बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

Akasmik baithak


काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुघर्टनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका छन् ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुघर्टना भएको खबर सार्वजनिक भए लगत्तै प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आकस्मिक रुपमा बालुवाटार बोलाएका हुन् ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताए ।

हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी सहित, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी थापाले जानकारी दिए ।

दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो ।

 

प्रतिकृया दिनुहोस