वाइडबडीमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ

Pradasankari pakrau

काठमाडौं । वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौं प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त गर्न र वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहितका अधिकारकर्मरी पक्राउ परेका हुन् ।

वाइडबडी खरिदका दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराउँदै मानव अधिकार तथा शान्ति समाजले बुधबार संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो ।

धर्नाबाट प्रहरीले ५ महिलासहित २३ अधिकारकर्मीलाई गिरफ्तार गरेको शान्ति समाजले जनाएको छ ।

गिरफ्तारीमा पर्नेमा शान्ति समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, नम्रता खरेल पौडेल, सरस्वती ढकाललगायत अधिकारकर्मी रहेका छन् । गिरफ्तारीमा परेकालाई महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ ।

मानवअधिकारकर्मीले ‘ठूला नेता मिलेका स् साढे ४ अरव निलेका लेखिएको २७५ वटा कागजको प्लेन उडाएका थिए ।

प्रतिकृया दिनुहोस