पर्यटनमन्त्री अधिकारी सवार दुर्घटनामा परेको हेलिकप्टरको खोजी कार्य जारी

Helicopatr rabindra

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार एयर डाइन्सेटीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. १० को दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका कर्मचारी युवराज दाहाल, पर्यटन मन्त्रालयका विरेन्द्र श्रेष्ठ, पिएसओ अर्जुन घिमिरे र विपेन्द्र प्रसाद थिए ।

अहिले सो हेलिकप्टरको खोजी कार्य जारी छ ।

प्रतिकृया दिनुहोस