पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर सम्पर्कविहीन

Helicopter 2567574

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

गृहसचिव प्रेमकुमार राईका अनुसार उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियो ।

ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए ।

प्रतिकृया दिनुहोस