आगलागीमा परी बहिनीको मृत्यु, दिदी गम्भिर घाईते

Aaglagi 45

डडेल्धुरा । आलिताल गाउँपालिका-८ गोदाममा भएको आगलागीमा परी एक बालिकाको मृत्युको छ भने एक जना गम्भीर घाइते भएकी छिन् ।

मङ्गलबार राति करीब ८ बजे गोदाम बजारस्थित उत्तम थापाको किराना पसलमा आगलागी हुँदा उनकी ८ वर्षिय छोरी आरतीको मृत्यु भएको छ भने अर्का जेठी छोरी ११ वर्षिय छोरी निरुता गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

गम्भीर घाइते निरुतालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।

उत्तम थापाको किराना पसलबाट शुरु भएको आगलागीबाट सँगैका रामबहादुर धामी, दिलबहादुर रानाको घरमा पनि आंशिक क्षति भएको प्रहरीको भनाई छ ।

आगो कसरी लाग्यो भन्ने कुरा खुल्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस