कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन आजदेखि सुरु हुँदै

Mukhyamantri state 6

सुर्खेत । सुर्खेत । कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । दोस्रो अधिवेशन सकिएको झण्डै चार महिनापछि तेस्रो अधिवेशन बस्न लागेको हो ।

बुधबारको पहिलो बैठकमा सुरुमै प्रदेश प्रमुख दुर्गाकेशर खनालले अधिवेशन सुरु भएको पत्र पढेर सुनाउने र दुईवटा विधेयक पेश हुने कार्यसूची रहेको छ ।  कर्णाली प्रदेश सार्वजनिक प्रशारण सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशमा सुशासन प्रत्याभुति गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक पेश हुने संसद सचिवालयका निमित्त सचिव विनोद अमात्तेले जानकारी दिए ।

यस्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले गरेका कामकार्वाहीका विषयमा जानकारी दिनु हुने कार्यसूची पनि रहेको छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस