धनुषाको ढल्केवरमा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु

Death

धनुषा । धनुषाको ढल्केवरमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । राति करिब २ बजेतिर काकरभिट्टाबाट गौर जाँदै गरेको बस र विपरित दिशाबाट आउँदै गरेको ट्रक ठोक्किंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृत्यु हुनेमा भारत मोतिहारीका जयमंगल ठाकुरका अन्दाजी २५ वर्षका छोरा उदेश ठाकुर ।

त्यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने अन्दाजी ४० वर्षका शिवकाला देवी मण्डलको पनिम मृत्यु भएको धनुषाका एसपी शेखर खनालले बताए । दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहरुमध्ये केहि सामान्य उपचारपछि फर्केका छन् भने केहिको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस