नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक आजदेखि सुरु हुँदै

826434034mahakali sanhi41

काठमाडौँ । नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक आज (बुधबार) देखि सुरु हुँदैछ । जल तथा उर्जा सम्बन्धमा छलफल गर्न बैठकको आयोजना गरिएको हो ।

बैठकको पूर्वसन्ध्यामा मंगलबार जल तथा उर्जा आयोगको सचिवालयले पञ्‍चेश्‍वर बहुउद्देश्य आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन बैठक आयोजना गरेको थियो ।

सो बैठकमा नेपाल–भारत स्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए । ओलीले राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न पनि निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घन मिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस विषयलाई गम्भीरताका साथ उठाउनुपर्ने बताए ।

२०५२ माघ १९ गते भएको महाकाली सन्धिको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिँचाइका लागि भारतले १० घन मिटरप्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउन भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिकृया दिनुहोस