देशभर बदलीः मेघगर्जनसहित पानी पर्ने, हिमाली भूभागमा हिमपातको सम्भावना

Mausam

काठमाडौँ। देशभर बुधबारको मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

पश्चिमी भूभागका अधिकांश स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै मध्य र पूर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च हिमाली भूभागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

प्रतिकृया दिनुहोस