बमकाण्डमा संलग्नताको आरोपमा विप्लवका पूर्व अंगरक्षक पक्राउ

Pakrau

काठमाडौं । केही दिनअघि ललितपुरको नख्खुमा एक जनाको ज्यान जानेगरी भएको बम विस्फोटमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका नेता सूर्य भुजेल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

नख्खु बमकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका भुजेल विप्लवका पूर्व अंगरक्षक समेत हुन् । उनी सो बमकाण्डका बेला घटनास्थलमा नै उपस्थित भएको दाबी गरिएको छ ।

घटनामा विप्लव समूहका २० जनाभन्दा बढी संलग्न भएको सुरक्षा अधिकारीहरुले तथ्य निकालेका छन् । उनीहरुको खोजीलाई व्यापक बनाइएको स्रोतको भनाइ छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले यसअघि एनसेलका दुई जना सुरक्षा गार्डलाई समेत पक्राउ गरी तारेखमा रिहा गरिएको छ ।

प्रतिकृया दिनुहोस