संसदीय सुनुवाई दोस्रो पटक स्थगित, ह्वीप पनि मानेनन् सांसदले

Samsadiya sunuwai samiti

काठमाडौं। मधेशी आयोग र थारु आयोगका अध्यक्षको सुनुवाइका लागि डाकिएको संसदीय सुनुवाइ समितिको बैठक बस्दै नबसी स्थगित भएको छ। 

आवश्यक गणपूरक संख्याका सांसदहरु अनुपस्थित भएपछि सुनुवाइ स्थगित भएको हो। यसअघि गत फागुन १२ गते पनि बैठक स्थगित भएको थियो। यसपछि नेकपाले ह्वीप जारी गरेको थियो। 

नेकपाका सांसद् तथा समितिका सदस्य शिवकुमार मण्डल र सुमनराज प्याकुरेल कार्यक्रममा विराटनगर भएकाले उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो। 

संवैधानिक परिषद्ले थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षका लागि डा. विजयकुमार दत्तलाई सिफारिस गरेको थियो। सुनुवाइका लागि आएका चौधरी र दत्तसहित समितिका सदस्यहरु समितिको गणपूरक संख्या नपुगेपछि करिब एक घन्टा कुरेर फर्किएका थिए।

नेपाल कम्युनिष्ट पार्टी-नेकपाले बैठकमा उपस्थित हुन आफ्ना सबै सांसदलाई ह्विप जारी गरे पनि दुई जना उपस्थित हुन सकेनन्।

नेकपाका सांसद शिवकुमार मण्डल र सुमनराज प्याकुरेल ‘फ्लाइट’ ढिलो भएपछि बैठकमा उपस्थित हुन नसकेको नेकपाले जनाएको छ।

प्रतिकृया दिनुहोस