२० हजार धरौटीमा छुटे प्रकाण्डका छोरा नरेन्द्र

Prakanda chora

विराटनगर । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि २० हजार धरौटीमका छुटेका छन् ।

विराटनगर बिमानस्थलबाट काठमाडौं जाने क्रममा गत माघ १७ गते तीन राउण्ड गोलीसहित विराटनगर बिमानस्थलबाट गोलीसहित पक्राउ परेका विश्वकर्मा २० हजार धरौटी बुझाएर छुटेका हुन् ।

नेतत्वको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र जिल्ला प्रकाशन कार्यालय मोरङमा धरौटी बुझाएपछि काठमाडौं फर्किएका छन् । पार्टीको कामले माघ दोस्रो साता पूर्व आएका नरेन्द्र सुनसरी र मोरङको कार्यक्रमपछि माघ १७ गते साँझ काठमाडौं फर्किदै थिए ।

आफ्ना नेता पक्राउको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले एक दिन शैक्षिक संस्था बन्द गरेका थिए ।

प्रतिकृया दिनुहोस