अख्तियार कार्यालयमा घन्कियो यस्तो नारा, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’

Bibikshil pradarsan

काठमाडौं । विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’ लगायतका प्लेकार्डसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडी प्रर्दशन गरेका छन् ।

भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेका सो पार्टीका कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’ लगायतका प्लेकार्ड पनि प्रर्दशन गरेका हुन् ।

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीकी प्रदेश ३ कि संयोजक समीक्षा बास्कोटा नेतृत्वको टोलीले मंगलबार टंगालस्थित आयोगको कार्यालयमा पुगेर आयोगका प्रवक्ता रामेश्वर दंगाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

विवेकशील साझा पार्टीआर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन माग गर्दै आएको सो पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ध्यानाकर्षण पत्र बुझाउँदै प्रदर्शन गरेका थिए ।

सो पार्टीले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण पनि गराएको छ ।

अर्बाैको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो ।

विवेकशील साझा पार्टीले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै कारबाहीको माग गरेको छ ।

प्रतिकृया दिनुहोस